०१ असार २०८३, सोमबार

पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

बैशाख ३०, २०८२
नवलपरासी
पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटोबाट सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको चोरमारामा गिरुवारी खोलाको पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक बाटो हुँदै सञ्चालनमा आएका छन् । गएराति पुल भाँचिएपछि नारायणगढ–बुटवल सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पुल भाँचिएपछि रोकिएका सवारी अहिले वैकल्पिक बाटो हुँदै पठाउने कार्य गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए । 
 
पश्चिमतर्फ छुटेका सवारी चोरमारा बजारबाट दक्षिणतर्फ लागी तम्सरिया गाउँ हुँदै खोला तरेर रानीटारबाट फूलबारी–भिउरान हुँदै अरुणखोलास्थित राजमार्ग निस्किरहेका छन् । खोलामा पानी नभएका कारण सवारीसाधन वैकल्पिक बाटोबाट सञ्चालनमा समस्या नभएको उनले बताए ।
 
पश्चिमबाट पूर्वका लागि छुटेका सवारी  चोरमारास्थित फूलबारीबाट दक्षिणतर्फ लागी रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारास्थित राजमार्गमा निस्कन सक्ने उनले बताए । ठूला लरीहरू भने मोड नपुग्ने कारण उक्त बाटोबाट सञ्चालनमा रोक लगाइएको छ । 

भाँचिएको पुलबाट समेत पूर्ण रूपमा सवारी आवतजावत गर्न रोक लगाइएको छ । पुल तत्काल सञ्चालन हुने सम्भावना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए । गएराति क्लिङकर बोकेको ट्रक पुलबाट पार गर्दै गर्दा पुल भाँचिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्