३१ जेठ २०८३, आइतबार

कसले गराइरहेछ विस्फोट ?

मंसिर १७, २०७४
कसले गराइरहेछ विस्फोट ?

काठमाडौँ, १७ मङ्सिर- प्रतिनिधिसभा र प्रदेश सभाको दोस्रो चरण निर्वाचन हुने राजधानीलगायत विभिन्न जिल्लामा पटक–पटक विस्फोट भइरहदा पनि सरकार (गृह मन्त्रालय)ले विस्फोट कसले गराइरहेछ भनेर बताउन सकेको छैन । विस्फोट र बम रहेको हल्ला फैलाउने समुहलाई ‘निर्वाचन विरोधी तत्व’ का रुपमा परिभाषित गरे पनि त्यस्तो तत्व को हो र कसले संत्रास फैलाइरहेछ भनेर आधिकारिक धारणा सार्वजनिक गरिएको छैन ।
शनिबार गृह मन्त्रालयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित केन्द्रिय कमाण्ड पोस्टको बैठक बस्यो । बैठक लगत्तै गृह प्रवक्ता नारायण शर्मा दुवाडीले विस्फोट गराउने समुहको पहिचान भइसकेको बताए पनि त्यस्तो समूहबारे खुलासा गरेनन । ‘कुन समुहले, कुन झण्डा र ब्यानरमा विस्फोटलगायतका गतिविधी गर्‍यो भन्दा पनि कसले गर्‍यो भन्ने महत्वपुर्ण कुरा हो’, उनले भने ।

 उच्च सुरक्षा अधिकारीका अनुसार गृहले विस्फोटका घटनालाई सामुहिक कामको उपज भन्दा पनि व्यक्ती केन्द्रित घटनाका रुपमा हेर्न सुरक्षा निकायलाई सुझाइरहेको छ । ती अधिकारीले विप्लव माओवादीलाई हेर्ने गृहको स्पष्ट नीतिको अभावमा विस्फोटका घटना भइरहेको बताए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्