२७ जेठ २०८३, बुधबार

स्थानीय तहको बक्यौता २ अर्ब ७५ करोड

बैशाख ३१, २०८२
काठमाडौं
स्थानीय तहको बक्यौता २ अर्ब ७५ करोड

ठेक्का बापत असुलउपर गर्नुपर्ने २ अर्ब ७५ करोड रूपैयाँ बक्यौता स्थानीय तहले असुल गर्न नसकेको पाइएको छ । 

महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१  को वार्षिक प्रतिवेदन अनुसार १०३ स्थानीय तहले पौने ३ अर्ब रूपैयाँ असुल उपर गर्न सकेका छैनन् । 

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद-९ मा वित्तीय अधिकार क्षेत्र अन्तर्गत विभिन्न कर तथा शुल्क लगाउने र आय ठेक्का बापत बक्यौता रकमसमेत असुल गर्ने व्यवस्था छ ।

‘यो वर्ष १०३ स्थानीय तहबाट सम्पत्ति करलगायत २ अर्ब ७५ करोड २३ लाख ४० हजार असुल गर्न बाँकी रहेकोमा सबै स्थानीय तहले असुल गर्न बाँकी बक्यौता रकमको लगत अद्यावधिक गरेका छैनन्’, महालेखाको वार्षिक प्रतिवेदनमा भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्