१७ असार २०८३, बुधबार

गैरजवाफदेही पत्र लेख्ने अदालतका शाखा अधिकृतलाई  कारबाही गर्ने सर्वोच्चको चेतावनी

बैशाख ३१, २०८२
काठमाडौं
गैरजवाफदेही पत्र लेख्ने अदालतका शाखा अधिकृतलाई  कारबाही गर्ने सर्वोच्चको चेतावनी

काठमाडौं जिल्ला अदालतका एक जना शाखा अधिकृतले सर्वोच्च अदालतलाई लेखेको पत्र जवाफदेही नभएको भन्दै कानून बमोजिम कारबाही गर्ने सर्वोच्चले चेतावनी दिएको छ ।

भगवती कार्कीले उच्च अदालत पाटन समेतलाई विपक्षी बनाएर २०७६ साउन १५ गते सर्वोच्चमा दायर गरिएको रिट निवेदनमा सुनुवाइ गर्दै उक्त आदेश भएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार गरेको आदेशमा उक्त कुरा उल्लेख छ ।

‘यसमा यस अदालतबाट भएको मिति २०८१ कात्तिक २६ को आदेश कार्यान्वयनका सम्बन्धमा यस अदालतको च.नं. ११५४१ मिति २०८१/०७/२७ र च.नं. २१६१२ मिति २०८१/११/०४ गतेको पत्रको जवाफमा लेखिएको मिसिल सामेल काठमाडौं जिल्ला अदालत अभिलेख शाखा २ को च.नं. २२३० मिति २०८१/११/० ८ गतेको पत्र बेहोरा जिम्मेवार एवं जवाफदेहीपूर्ण नदेखिएकोले ७ दिनभित्र सो आदेशबाट माग भएका मिसिल प्रमाणहरू झिकाई नियमानुसार पेस गर्नू । अन्यथा सो प्रत्र हस्ताक्षर गर्ने शाखा अधिकृतलाई कानूनबमोजिम कारबाही गरिने बेहोरासमेत जानकारी गराउनू,’ सर्वोच्चको आदेशमा भनिएको छ। 

null
 

salt training

कमेन्ट गर्नुहोस्