
सोलुखुम्बु जिल्लाको छेस्काम क्षेत्र आसपास भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार साँझ १८:११ बजे सो क्षेत्रमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो।
हालसम्म कुनै ठूलो जनधनको क्षतिको विवरण आएको छैन। भूकम्पको केन्द्रविन्दु सोलुखुम्बुको छेस्काम क्षेत्र आसपास रहेको केन्द्रले जनाएको छ। स्थानीय बासिन्दाहरूले हल्का धक्का महसुस भएको बताएका छन्।