२४ जेठ २०८३, आइतबार

चोरी र लिखतसम्बन्धी मुद्दामा दोषी एक जना भक्तपुरबाट पक्राउ

बैशाख ३१, २०८२
काठमाडौं
चोरी र लिखतसम्बन्धी मुद्दामा दोषी एक जना भक्तपुरबाट पक्राउ

चोरी र लिखतसम्बन्धी कसुरमा दोषी ठहर भई फरार रहेका एक जना भक्तपुरबाट पक्राउ परेका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिका–४ खोरिया गाउँ निवासी २६ वर्षीय शिलबहादुर तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो।

उच्च अदालत पाटनले २०८० जेठ ५ गतेको फैसलामार्फत् तामाङलाई ६ महिना कैद र १० हजार रूपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर, फैसला कार्यान्वयन हुनुअघि नै उनी फरार भएका थिए।

पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालत पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्