३० असार २०८३, मंगलबार

देशभरका कुल मतदाता संख्या १ करोड ८१ लाख ४८ हजार ६५४ पुग्यो

बैशाख ३१, २०८२
काठमाडौं
देशभरका कुल मतदाता संख्या १ करोड ८१ लाख ४८ हजार ६५४ पुग्यो

काठमाडौं । निर्वाचन आयोगले बुधबार अन्तिम मतदाता नामावली प्रकाशित गरेको छ। आयोगका अनुसार मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्म १८ वर्ष पूरा गरेका नागरिकहरूको विवरण संकलन गरी आवश्यक प्रक्रिया पूरा भएपछि यो निर्णय गरिएको हो।

आयोगका प्रवक्ता तथा सहसचिव नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिअनुसार अन्तिम मतदाता नामावलीमा महिला मतदाता ८९ लाख १० हजार ८९६ जना, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ जना र अन्य १८६ जना कायम भएका छन्। यसअनुसार देशभर कुल १ करोड ८१ लाख ४८ हजार ६५४ जना मतदाता रहेका छन्।

यो संख्या अघिल्लो वर्ष मिति २०८१ साल कात्तिक २६ गते प्रकाशित अन्तिम मतदाता नामावलीभन्दा १९ हजार ८२२ ले बढेको हो। अघिल्लो मतदाता सूचीमा कुल मतदाता संख्या १ करोड ८१ लाख २८ हजार ८३२ रहेको थियो। यसपटक महिला मतदाता ७,६९९ जना र पुरुष मतदाता १२,१२४ जना बढेका छन् भने अन्य मतदाता एक जना घटेका छन्।

salt training

कमेन्ट गर्नुहोस्