२२ जेठ २०८३, शुक्रबार

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मंसिर १७, २०७४
शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

धरान, १७ मङ्सिर- मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ ।

शवदाह गरेको कोइला खुलेआम बिक्री हुँदासमेत सरोकारवाला निकाय भने मौन बसेको स्थानीयको गुनासो छ । उनीहरुले त्यस्ता कोइला बिक्री बन्द गर्न माग गरेका छन्। 

धरान–१४ स्थित खत्रीधारामा शवदाह गरेका दाउराबाट उत्पादित कोइला स्थानीय होटल व्यवसायीले खरिद गरी सेकुवा र मकै पोल्ने गरेको पाइएको छ ।

खत्रीधारा आर्यघाटका चौकीदार सन्दीप थापाले स्थानीय होटल व्यवसायीहरुलाई सहुलियत दरमा कोइला बिक्री गर्ने गरेका छन्। उक्त कोइला स्थानीय होटल व्यवसायीहरुले बिहान र बेलुकाको समय पारेर खरिद गरी लाने गरेको प्रत्यक्षदर्शीले बताएका छन्, अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्