०३ साउन २०८३, आइतबार

अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

बैशाख ३१, २०८२
काठमाडौं
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-९ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-४ घर भएका शारदा थापा र काठमाडौं तारकेश्वर नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिका-७ घर भएका ४१ वर्षीय पासाङ नुरू शेर्पा रहेका छन् । 

पक्राउ परेकामध्ये शारदाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८५ लाख रूपैयाँ र पासाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शारदालाई ललितपुर महालक्ष्मी नगरपालिका-९ बाट बुधबार र पासाङलाई काठमाडौं तारकेश्वर नगरपालिका-९ बाट मंगलबार पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्