०८ असार २०८३, सोमबार

युट्युबबाट सीप सिकेर उद्यम, महिनामै ३० हजार आम्दानी

जेठ १, २०८२
कञ्चनपुर
युट्युबबाट सीप सिकेर उद्यम, महिनामै ३० हजार आम्दानी

कञ्चनपुरको पुनर्वास नगरपालिका–३ की बसन्ती चन्दलाई घर खर्चका लागि अरूसँग हात थाप्नु परेको छैन । केक, पेष्टी र बदाम सेक बनाउने पसल खोलेर उनी स्वरोजगार भएकी छन् । उनले महिनामै ६० हजार बढीको कारोबार गर्छिन् । खर्च कटाएर ३० हजारसम्म आम्दानी हुने गरेको छ । 

विगतमा गाउँकै विद्यालयमा पढाउने कार्य गर्ने चन्दले कोरोना महामारीका कारण जागिर छाड्नु परेको थियो । बेरोजगार भएपछि उनले नयाँ उपाय लगाइन् । 'इन्टरनेट चलाउँथे, विभिन्न व्यवसाय गरिरहेका व्यक्तिबारे र तिनले गरेका व्यावसायिक कार्यबारे निकै अभिरुचिपूर्वक हेर्थें । केक, पेष्टी र बदाम सेक बनाउने कार्य सहज लाग्यो, त्यही कार्य गर्ने निर्क्यौल गरी व्यवसाय शुरू गरेँ,' चन्दले भनिन् । 

एक लाखबाट शुरू गरिएको व्यवसायबाट उनले हाल पाँच लाखको सामान थपेकी छन् । युट्युबबाटै सिकेर हाल केक, पेष्टी र बदाम सेक बनाउने व्यवसाय गरिरहेको चन्दले जानकारी दिइन् । ग्राहकलाई सन्तुष्ट हुने गरी सामान दिन थालेपछि जन्मदिन, सङ्घसंस्थाका स्थापना दिवसलगायत अवसरमा धेरैजसोले माग गर्दा सहज भएको उनले उल्लेख गरिन् । 

बकसरी सामानबाहेक उनले गिफ्टका सामग्रीको समेत कारोबार गरिरहेकी छन् । भविष्यका लागि भनेर उनले मासिक आठ हजार जति सहकारीमै बचत गर्दै आएकी छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्