३० जेठ २०८३, शनिबार

सिफारिस कमिटी मजाक भयो, डेपुटीलाई गभर्नर बनाऔं– सांसद सिहं

जेठ १, २०८२
काठमाडौं
सिफारिस कमिटी मजाक भयो, डेपुटीलाई गभर्नर बनाऔं– सांसद सिहं

प्रतिनिधि सभाका स्वतन्त्र सांसद डा. अमशेरकुमार सिंहले गभर्नर सिफारिस समितिलाई सत्ता गठबन्धनले मजाक बनाएको टिप्पणी गरेका छन् । उनले राजनीतिक दलको कार्यकर्ताभन्दा राष्ट्र बैंक भित्रको विज्ञलाई गभर्नर बनाउन आग्रह गरे । 

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा सांसद सिंहले राजनीतिक दलको कार्यकर्तालाई नियुक्त गरेर संस्था बलियो नबन्ने बताएका हुन् । कामु गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन उनले आग्रह गरे ।

‘राजनीतिक दलको सदस्यलाई भर्ती गर्नुपर्ने कारण के हो ? राष्ट्र बैंकभित्र विज्ञ छैन, भित्रबाट गर्दा पाप लाग्छ ?’ सांसद सिंहले प्रश्न गरे, ‘डेपुटी गभर्नरलाई बनाउन मिल्दैन ? ऐनको सिधा उल्लंघन गर्नुपर्छ ?’ 

गभर्नर सिफारिस समितिका २ सदस्यले राजीनामा दिएपछि बुधवार मात्र अर्को सिफारिस समिति बनेको छ ।

salt training

कमेन्ट गर्नुहोस्