२४ जेठ २०८३, आइतबार

गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो : प्रधानमन्त्री ओली

जेठ १, २०८२
काठमाडौं
गभर्नरमा मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको गभर्नर व्यक्तिगत निकटताका आधारमा नभई योग्यताक्रमअनुसार क्षमतावान् व्यक्ति नियुक्ति गर्ने पक्षमा आफू रहेको बताइएका छन् । 

पूर्वयोजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकेसम्म ‘मेरिटोक्रेसी’लाई नै महत्व दिने बताएका हुन् । 

'राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन । मेरिटोक्रेसीका आधारमा क्षमतावान् मान्छे ल्याउने हो । काम गर्नसक्ने मान्छे भए देशलाई भइहाल्छ । मेरो मान्छे भन्ने चाहिँदैन,' उनले भने 'म प्रधानमन्त्री हो तर, सरकारमा म मात्र छैन । त्यसैले  सकेसम्म मेरिटोक्रेसीलाई महत्व दिन्छु ।'

salt training

कमेन्ट गर्नुहोस्