२५ असार २०८३, बिहीबार

स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ

जेठ १, २०८२
काठमाडौं
स्रोत नखुलेको १३ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका- ५ बैङरोडबाट स्रोत नखुलेको नगद १३ लाख ५० हजार रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा सम्मरीमाई गाउँपालिका- ७ बस्ने ३८ वर्षीय दिनेश बनिया र ३५ वर्षीया पिङ्की बनिया छन् । उनीहरूलाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरीले लु ६८ प ४७९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्