
गोरखामा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारपाक सुलिकोट गाउँपालिका- ४ बस्ने १५ वर्षीय सिजल गुरुङ रहेका छन् ।
अजिरकोट गाउँपालिका- ५ दरौदी नदीस्थित कालिका हाइड्रो पावरको ड्याममा पौडी खेल्ने क्रममा डुबेर बिहीबार दिउँसो मृत्यु भएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।