०७ असार २०८३, आइतबार

खेतमा काम गरिरहेका किसानको करेन्ट लागेर मृत्यु

जेठ १, २०८२
विराटनगर
खेतमा काम गरिरहेका किसानको करेन्ट लागेर मृत्यु

धनकुटामा खेतमा काम गरिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो ३ बजे खेतमा काम गरिरहेका धनकुटा नगरपालिका वडा नम्बर ८ शिवबेशीका ६८ वर्षीय मंगलसिंह राईमाथि विद्युत्‌को तार खस्दा करेन्ट लागेको हो ।

धान गोड्ने क्रममा आकस्मिकरूपमा विद्युत्‌को तार खसेर करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक विष्णुबहादुर खड्काको कमान्डमा प्रहरी टोली परिचालित गरिएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । 

घटनास्थल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट करिब १५ किलोमिटर पूर्वमा पर्दछ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्