
प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत बस्नेतको पद निलम्बन भएको सूचना संसद्मा सुनाइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेतको सांसद पद निलम्बन भएको पत्र पढेर सुनाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बनमा परेका हुन् ।
टेरामोक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
अख्तियारले उनीमाथि ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो मागदाबी गरेको छ ।