
नेपाली कांग्रेस संसदीय दलको बैठक जेठ ३ गते, शनिवारका दिन बस्ने भएको छ।
बैठक दिनको २:०० बजे संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा आयोजना गरिने संसदीय दलले जनाएको छ।
बैठकमा समसामयिक राजनीतिक विषय, संसदीय गतिविधि तथा पार्टी रणनीतिका सम्बन्धमा छलफल हुने अपेक्षा गरिएको छ। बैठकमा नेपाली कांग्रेसका सम्पूर्ण सांसदहरूको उपस्थिति अनिवार्य गराइएको छ।