०५ साउन २०८३, मंगलबार

गृहमन्त्रीलाई लिङदेनको चुनौती– राजा मान्नेलाई विद्रोहमा जाऊ, जंगल पस भन्दिनुस्

जेठ २, २०८२
काठमाडौं
गृहमन्त्रीलाई लिङदेनको चुनौती– राजा मान्नेलाई विद्रोहमा जाऊ, जंगल पस भन्दिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था मान्छु र हिन्दु राष्ट्र चाहन्छु भन्नेलाई आस्थाकै कारण आफ्ना नेताकार्यर्तालाई पक्राउ गरिएको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा लिङदेनले एकपछि अर्को गर्दै कार्यकर्ता पक्राउ गर्नुभन्दा आफूहरूलाई विद्रोहमा जाऊ भनेर औपचारिक रूपमा भन्न गृहमन्त्रीलाई चुनौती दिएका हुन् । 

‘राजसंस्था र हिन्दु राष्ट्र मान्छु, संघीयता मान्दिनँ भनेकै कारण रवीन्द्र मिश्रलाई झण्डै २ महिनादेखि अपमानपूर्वक खोरमा राखिएका छ । आजै मात्र राष्ट्रिय प्रजातान्त्रिक युवा संघका अध्यक्षलाई पक्राउ गरेको समाचार आएको छ,’ लिङदेनले भने, ‘आस्थाका कारण एकपछि अर्को गर्दै पक्राउ गर्दै लैजाने हो भने सरकारले औपचारिक रूपमा भन्देओस्– विद्रोहमा जाऊ, जंगल पस भन्नुपर्‍यो, होइन भने सुजित केसीलाई अविलम्ब रिहाइ गरियोस् ।’

salt training

कमेन्ट गर्नुहोस्