२३ जेठ २०८३, शनिबार

धारिलो हतियार प्रहा गरी दुई बालबालिकाको हत्या

जेठ २, २०८२
चितवन
धारिलो हतियार प्रहा गरी दुई बालबालिकाको हत्या

चितवनमा एक जनाले धारिलो हतियार प्रहारगरी दुई बालबालिकाको हत्यागरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् । 

भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहारगरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । 

उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफैंमाथि प्रहार गरेका थिए । 

घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएको अवस्थामा घटना गराएको प्रारम्भिक पुरीले जानकारी दिए । यसबारे थप अनुसन्धान भैरहेको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्