२६ असार २०८३, शुक्रबार

९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

जेठ २, २०८२
काठमाडौं
९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा

गोरखाको पालुङटार नगरपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैंक लिमिटेडको अगुवाइमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंक लिमिटेडका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा साङ्‌ग्रिला डेभलपमेन्ट बैंकको १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको हो  । 

स्वपुँजी लगानीतर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ । साथै, डोल्मा इम्पाक्ट फन्डले पनि कम्पनीमा संस्थापक सेयरको ४९ प्रतिशत सम्म स्वपुँजी लगानी रहने कम्पनीका अध्यक्षले बताएका छन् ।

यही समूहबाट हाल सेतीखोला हाइड्रोपावर लिमिटेडमार्फत् सेतीखोला जलविद्युत आयोजना २२ मेगावाट निर्माण कार्य अन्तिम चरणमा रहेको छ । 

आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग २०८० साल कार्तिक ०१ गते विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन शुरू गर्नुपर्ने मिति (RCOD) २०८६ साल वैशाख २२ रहेको छ । 

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागि सम्बन्धित निकायमा अन्तिम चरणमा रहेको कम्पनीका अध्यक्षले आचार्यले बताए । 

आयोजनाबाट उत्पादित विद्युत् विद्युत्‌गृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत् ११.६ किलोमिटर दूरीमा नेपाल विद्युत प्राधिकरणको मार्किचोक सब–स्टेशनमा २२०/१३२ केभीमा जोडिने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्