०८ साउन २०८३, शुक्रबार

प्रचण्डले देउवालाई डडेल्धुराबाट फोन गरे, जनार्दन घरमै भेट्न पुगे

जेठ २, २०८२
काठमाडौं
प्रचण्डले देउवालाई डडेल्धुराबाट फोन गरे, जनार्दन घरमै भेट्न पुगे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेल्धुराबाट फोन गरेकै दिन उपमहासचिव जनार्दन शर्मा कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका छन् ।

शर्मा र देउवाबीच शुक्रबार दिउँसो देउवानिवास बूढानीलकण्ठमा भेटघाट भएको हो । यसबारे शर्माले नै सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । 

‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग देशको समसामयिक राजनीतिक परिस्थिति बारे छलफल’, शर्माले सामाजिक सञ्जालमा लेखेका छन् । शर्मा देउवा प्रधानमन्त्री हुँदा उनको क्याबिनेटमा अर्थमन्त्री थिए ।

शुक्रबार नै माओवादी अध्यक्ष प्रचण्डले देउवाको गृहजिल्ला डडेल्धुराबाट देउवासँग टेलिफोन संवाद गरेका थिए । ‘जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’का लागि पुगेका प्रचण्डले देउवासँग फोनमा कुरा गरेका हुन् ।

‘यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो । डडेलधुरामा स्वागत भन्नुभएको छ’, प्रचण्डले शुक्रबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए ।

यसअघि २०८० मंसिर १५ गते नेकपा एमालेका अध्यक्ष  एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुरा पुगेका बेला फोनवार्ता गरेका थिए । मेची-महाकाली अभियानको सिलसिलामा डडेल्धुरा पुगेका ओलीले देउवासँग फोनवार्ता गरेका थिए । 

त्यतिबेला एमाले प्रमुख प्रतिपक्षी दल थियो भने अहिले माओवादी प्रमुख प्रतिपक्षी दल छ ।

salt training

कमेन्ट गर्नुहोस्