०६ साउन २०८३, बुधबार

वर्षात्‌ले सडक हिलाम्य, दाउन्नेमा यातायात सञ्चालन अवरुद्ध

जेठ २, २०८२
बुटवल
वर्षात्‌ले सडक हिलाम्य, दाउन्नेमा यातायात सञ्चालन अवरुद्ध
फाइल तस्वीर ।

बुटवल-नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा सडक अवरुद्ध भएको छ । 

शुक्रबार हावाहुरीसहितको वर्षाले सडक हिलाम्य बनेको छ । हिलोका कारण गाडी चिप्लिएपछि यातायात सञ्चालनमा समस्या भएको हो । 

इलाका प्रहरी कार्यालय, दुम्कीबासका इन्पेक्टर राजन तिमिल्सेनाले पानीले गर्दा गाडी चल्न नसकेको बताए । उनले भने, ‘पानीले हिलाम्य बनाएपछि पूर्वबार्ट पश्चिमतर्फ जाँदै गरेका गाडी विश्वकर्मा मन्दिर नजिकै उकालो चढ्न सकेका छैनन् ।’

सामान्य पानी पर्नासाथ सडकमा गाडी सञ्चालनमा समस्या आउँदा यात्रुले यो खण्डमा निकै लामो समयदेखि सास्ती खेप्दै आएका छन् । 

कहिले डाइभर्सन बगाउने, कहिले ओभरलोडले पुल भाँचिने त कहिले सडक हिलाम्य हुँदा यो सडकखण्डमा हेरक दिनजसो समस्या आइरहेको छ ।  

२०७५ देखि निर्माणाधीन बुटवल-नारायणगढ ११४ किलोमिटर सडकमा अहिलेसम्म जम्मा ६२ प्रतिशत मात्र काम भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्