१० साउन २०८३, आइतबार

इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी

जेठ ३, २०८२
काठमाडौं
इंग्लिस प्रिमियर लिगमा चेल्सी र एस्टन भिल्ला विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र एस्टन भिल्ला विजयी भएका छन् । चेल्सीले म्यानचेस्टर युनाइटेडलाई १-० र भिल्लाले टोटेनहमलाई २-० ले हराएको हो ।

जितसँगै चेल्सीले यूइएफए च्याम्पियन्स लिग छनोटको आशा जीवित राखेको छ । 

कुकुरेल्लाले ७१औं मिनेटमा हेडरमार्फत् गोल गरेका थिए । यो जितले टोली तालिकाको चौथो स्थानमा पुग्यो ।

अर्को खेलमा एज़्री कोन्सा र बुबाकार कामाराको गोलमा भिल्ला विजयी भएको हो । सिटीलाई उछिन्दै भिल्ला शीर्ष ५ मा पुगेको छ। कोन्साले खेलको ५९ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि कामाराले ७३ औं मिनेटमा गोल गरे । भिल्लाको घरेलु मैदानमा ११ खेलमा यो नवौं जित हो ।

तेस्रो स्थानको न्युक्यासल, चेल्सी र भिल्लाको समान ६६ अंक छ । छैटौं स्थानमा रहेको म्यानचेस्टर सिटीको ६५ अंक छ । यो सिजन लिगमा कमजोर प्रदर्शन गरिरहेका युनाइटेड १६औं र टोटेनहम १७ औं स्थानमा छ ।

salt training

कमेन्ट गर्नुहोस्