०२ असार २०८३, मंगलबार
अशोक रामको अभियान

हात्तीका डाक्टर अशोक राम

जेठ ३, २०८२
बुटवल
हात्तीका डाक्टर अशोक राम

हात्ती संरक्षणकर्मी तथा विज्ञका रूपमा परिचित नाम हो, अशोक राम । विभिन्न राष्ट्रबाट आएका ठूला अवसर छाडेर आफ्नै मुलुकमा हात्तीका विभिन्न आयामबारे अध्ययन र अनुसन्धानमा तल्लीन अशोक बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृतमा कार्यरत छन् । 

मानव वन्यजन्तु द्वन्द्व, हात्ती मानव संघर्ष र सामाजिक क्षेत्रमा देखिएका विविध आयामबारे अनुसन्धानमा जुटेका अशोकले ‘एलिफेन्ट इकोलोजी’मा विद्यावारिधि (पीएचडी) गरेका छन् । पीएचडीपछि आफ्नो दृष्टिकोण पूर्ण रूपमा लागू गरेर हात्ती विज्ञ रामले यतिबेला बर्दियासहित पूर्व मेचीदेखि पश्चिम महकालीसम्म जंगली हात्तीको बानी व्यवहार, आहार, संघर्ष र हात्तीको मानव समाजसँग देखा परेका द्वन्द्वबारे गहिरो अध्ययन र अनुसन्धानमा गरिरहेका छन् । 

५० वर्षीया अशोकले सबैलाई सहज हुनेगरी ‘वाइडलाइभ एनिमल’मा राम्रो सफलता हासिल गरेपछि पर्यटन क्षेत्रसमेत हौसिएको छ । जमिनमा हुने सबैभन्दा ठूलो प्राणी हात्तीको हित र संरक्षण नैं अशोकले अहिले आफ्नो मुख्य उद्देश्य बनाएका छन् । हात्ती मानव बस्ती किन आइरहेका हुन्छन् ?, नेपालको हात्तीको अवस्था कस्तो छ ? हात्तीको यकिन संख्या केलाउनेदेखि घाइते जंगली हात्तीको उपचारमा उनी सबै व्यस्त हुन्छन् । जति दौडधूप बढेको छ, अशोकलाई त्योभन्दा धेरै आत्मसन्तुष्टि पनि मिलेको छ । 

अशोक भन्छन्, ‘हेर्दा मैले जीवन दिएजस्तो देखिन्छ, तर ठूलो संघर्षसोचपछि मैले हात्तीमा पीएचडी गरेर अहिले यहीँ खुशी र सन्तुष्टि पाइरहेको छु ।’ हात्तीका जीवनदाता उनी हात्ती र मानवको द्वन्द्व घटाउनु आफ्नो प्रमुख धर्म ठान्छन् । बासस्थान घट्दै जानु र आहारको कमीले हात्ती र मानवबीच द्वन्द्व भइरहेको उनको भनाइ छ । 

भारत देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ इन्डियाबाट सन् २०२२ मा ‘एलिफेन्ट इकोलोजी’ विद्यावारिधि गरेका उनले उच्च शिक्षा नेपालबाट पूरा गरेका थिए । वन विज्ञान (फरेष्टी साइन्स) अध्ययन गरेको उनलाई यहीँ विषयमा अध्ययन गर्ने रूचि बढेपछि हात्तीको क्षेत्रले तानेको हो । ‘मास्टर’ नेपालबाट गर्दा पनि वन विज्ञान अध्ययन संस्थान पोखराबाट गरेँ । हात्तीको मार्ग पच्छ्याउने क्रममा साढे तीन वर्षसम्म चुरे तराई र पूर्व पश्चिम हिँडेर हात्तीबाट प्रभावित १ हजार ५०० जनासँग उनीले विभिन्न ठाउँमा पुगेर कुराकानी गरेँ । सप्तरीको बाघेबरसाइन नगरपालिका वडा नम्बर–१ का उनीले विद्यालय तह गाउँबाट पूरा गरेपछि उच्च शिक्षा पढ्न कास्कीको पोखरास्थित वन विज्ञान अध्ययन संस्थाबाट इन्टर, ब्याचलर र मास्टर गरेका हुन् ।  

हात्तीको विषयमा पूर्वाञ्चल र पर्सामा पनि काम गरेर अनुभव बढाए । ‘नेपालमा हात्ती संरक्षणको अवस्था राम्रो छ, तर, हात्तीलाई बासस्थान, खानाको अभावले बस्तीमा प्रवेश गर्छ । जसका कारण आक्रमण हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा अझै पनि नागरिकमा हात्तीलाई प्रोत्साहन गर्न जानेका छैनौ ।’

null

तथापि, उनी गाउँ बस्ती पुगेर सचेतना र हात्ती बचाउनुपर्छ भन्ने सचेतना दिँदै हिँड्छन् । उनी आफ्नो कर्म र  मेहनतले यसमा सुधार ल्याउन कोसिस गरिरहेका छन् । ‘आफूले पढेर, सिकेर पाएको अनुभवलाई नागरिकलाई सिकाइरहेको छु,’ राम भन्छन् ।  

हात्तीलाई १६ देखि १८ घण्टासम्म खाइरहन पर्छ । त्यहीँ भएर हात्तीलाई ‘इटिङ मेसिन’ पनि भनिन्छ । उनी भन्छन्, ‘राज्यले पनि हात्ती संरक्षणमा काम गरेको छ । नागरिक पनि अब हात्ती बचाउनुपर्छ । हात्ती हिँड्ने बाटो बाटोमा अवरोध पुर्‍याउन हुँदैन ।’ पहिले–पहिले हात्ती यातायात, सुरक्षा, घरेलु उपयोग तथा व्यवसायीक प्रयोजनका लागि प्रयोग गरिन्थ्यो । वन जंगल जानुपर्दा भरपर्दो हात्ती सवारी मानिन्छ । अहिले पनि नेपालका राष्ट्रिय निकुञ्जलगायत संरक्षित क्षेत्रमा भएका बाघ, गैंडाको गणनामा हात्तीको उपयोग गरिंदै आएको रामको भनाइ छ ।  

प्राचीन कालमा हात्तीका सात प्रजाति हुने भए तापनि हाल एशियन र अफ्रिकीगरी विश्वमा दुई प्रजातिका हात्ती मात्रै छन् । कुनै बेला एशिया हात्तीको आवाद क्षेत्र मानिथ्यो । एशियामा जंगल क्षेत्र धेरै थियो भने हात्तीको संख्या पनि उल्लेख्य थियो । तर, जनसंख्या वृद्धि र बस्ती विस्तारसँगै अन्य प्राणी प्रजातिजस्तै हात्ती पनि दुर्लभ हुँदै गएको उनको अध्ययनले देखाएको छ । 

नेपालमा हाल करिब २३० जंगली हात्ती छन् । सरकारले पालेको हात्तीको १०० वटा छ भने निजी व्यवसायी तथा होटेलसँग ७६ वटा हात्ती छन् । नेपालमा हात्तीको आक्रमणमा परी मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । ‘सन् २००१ देखि हालसम्म हात्तीको आक्रमणमा परी मृत्यु हुनेको संख्या ३०० भन्दा माथि पुगेको छ’  उनी भन्छन्, ‘हात्तीलाई करेन्ट लगाएर पनि मारिएको छ । झापा, चितवन, बर्दिया र शुक्लाफाटामा हात्ती मानव द्वन्द्व बढी भइरहेका छन् ।’ 

एउटा हात्तीलाई न्यूनतमा २५० वर्गकिमीको क्षेत्रफल आवश्यक पर्छ । त्यो क्षेत्र घट्दै जाँदा र सानो क्षेत्रफलमा धेरै हात्ती बस्ने बाध्यताले नजिकै रहेको मानव बस्तीमा पस्ने गर्छ । अशोकका अनुसार हात्तीलाई दैनिक २५० किलो खानेकुरा र २५० लिटर पानी चाहिन्छ । ठूलो परिवार रहने हात्ती मातृसत्ता (हजुरआमा)ले नेतृत्व गर्छन् । हात्तीमा साना बच्चालाई सबैले माया गर्छन् । लामो यात्रा तय गर्दा सानालाई टिमको बीचमा सुरक्षित बनाएर हिँडाउँछन् ।

आफूलाई चाहिने धेरै खानेकुरा एकै स्थानबाट आपूर्ति सम्भव नहुने भएपछि हात्ती समूहमा बाँडिएर धेरै टाढा टाढासम्म हिँड्ने गर्छन् । बाँडिएरै खाने कुरा खोज्ने, साथी खोज्ने र प्रजनन यात्रामा लामो दुरी तय गर्छन् । उनीले आफ्ना पुर्खाले पच्छाएको बाटो कहिल्यै भुल्दैनन्, त्यो खोज्दै हिँड्छन् । अर्को मुख्य कुरा वंश वृद्धिको लक्ष्य राखेर पनि भाले हात्तीले लामो यात्रा गर्ने गर्छन् । 

भाले हात्ती बयस्क १४/१५ वर्षको भएपछि उनले आफ्नो परिवारकै पोथी हात्तीसँग संशर्ग गर्न खोज्न थालेपछि परिवारले उनलाई निकालि दिन्छन् । त्यसपछि बिच्किएर गाउँबस्तीमा आएर आक्रमण गर्ने स्वभाव देखाउने राम बताउँछन् । हात्तीले एउटै घर १२ पटकसम्म भत्काएको छ । 

नेपालमा पछिल्लो २० वर्षमा हात्तीको आक्रमणबाट ३४५ जनामा मृत्यु भएको छ । जसमध्ये झापा र बर्दियामा मृत्यु हुने धेरै छन् । त्यस्तै पछिल्लो १६ वर्षमा करेन्ट लगाएर र विभिन्न धरापमा पारेर ४७ वटा हात्ती मरेका छन् । मकै पाक्ने र धान पाक्ने सिजनमा हात्ती र मानवबीचद्वन्द्व बढी देखिएको छ । मकै र धान हात्तीको लागि मनपर्ने खाना हो । 

त्यस्तै मदिरा भएको घर थापा पाए पनि हात्ती त्यसको स्वादको लागि आउने उनको भनाइ छ । जीवित देवता भनेर हात्तीलाई हिन्दु धर्मालम्बीहरूले पूजा पनि गर्ने गर्छन् । अहिले धमाधम निर्माण भइरहेका विकास पूर्वाधार वन्यजन्तुमैत्री वन्यजन्तुमैत्री नबनाइँदा धेरै जंगली जनावर आक्रमण र दुर्घटनामा पर्ने गरेका छन् । सडकमा ‘अन्डरपास’ नहुँदा पनि हात्ती लगायतलाई अन्य वाइडलाइफ एनिमललाई समस्या भइरहेको छ । अब बन्यजन्तुमैत्री बनाउने योजना सरकारले ल्याउनुपर्ने अशोकको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्