
उपराष्ट्रपति रामसहायप्रसाद यादव नर्वे अधिराज्यको २११ औं संविधान दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी भएका छन् ।
नेपालका लागि नर्वेका राजदूत तोरन ड्रामदलले आयोजना गरेको उक्त समारोहमा उपराष्ट्रपति यादवसहित विशिष्ट व्यक्तिहरूको सहभागी थिए ।
समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कामको सिलसिलामा यहाँ रहेका नर्वेली नागरिक, वरिष्ठ सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।