२२ जेठ २०८३, शुक्रबार

रसुवाबाट ७ किलो सुनसहित १ जना पक्राउ

जेठ ४, २०८२
काठमाडौं
रसुवाबाट ७ किलो सुनसहित १ जना पक्राउ
फाइल फोटो

रसुवाको केरुङ नाका हुँदै नेपाल भित्र्याइँदै गरेको ७ किलो सुनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिकाका किशोर भुजेल छन् ।

तस्करी गरेर ल्याउँदै गरेको अवस्थामा आइतबार दिउँसो सुनसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख डीएसपी हेमबहादुर शाहीले लोकान्तरलाई जानकारी दिए ।

‘सुनसहित मान्छेलाई हामीले नियन्त्रणमा लिएका छौं, सात किलोकै आसपासमा हुनुपर्छ,' उनले लोकान्तरसँग भने ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्