
महोत्तरीबाट स्रोत नखुलेको ८ लाख रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा साम्सी गाउँपालिका- ७ बस्ने २५ वर्षीय रवि साह र भारत सीतामढी कनवा बस्ने २० वर्षीय रितेश साह छन् ।
औरही नगरपालिका- ४ कठुधारबाट स्रोत नखुलेको रकम ८ लाख रुपैयाँसहित २ जनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट कठुधाराबाट खटिएको प्रहरीले सम्सीबाट गौशालातर्फ आउँदै गरेको मधेश प्रदेश ०२-००७ प ९६८१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरूलाई उक्त रकमसहित नियन्त्रणमा लिएको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।