२१ जेठ २०८३, बिहीबार

बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३१ बङ्गुर मरे

जेठ ५, २०८२
सुनसरी
बराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभरको प्रकोप, ३१ बङ्गुर मरे
फाइल तस्वीर

बराहक्षेत्र नगरपालिका–१ खारखोलामा अफ्रिकन स्वाइन फिभर फैलिँदा ३१ बङ्गुर मरेका छन् भने ६० भन्दाबढी सङ्क्रमित भएका छन् ।

नगरपालिकाको पशु शाखा प्रमुख विमल अधिकारीका अनुसार, सङ्क्रमण बराहक्षेत्र नगरपालिका–१ का कुमार विकको फार्मबाट सुरु भई अन्य किसान कृष्ण भुजेल र सुभा श्रेष्ठको बङ्गुर फार्मसमेतमा फैलिएको हो ।
    
सङ्क्रमण नियन्त्रण गर्न भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरी र पशु रोग अन्वेषण प्रयोगशाला विराटनगरको टोली खटिएका छन् । उनका अनुसार, औषधि, मल्टी भिटामिन र एन्टिबायोटिक वितरणका साथै जैविक सुरक्षा अपनाउनसमेत सुझाव दिइएको छ ।

स्वाइन फिभर पहिलोपटक वराहक्षेत्रमा देखिएको उनको भनाइ छ । अहिले सङ्क्रमित क्षेत्र शिलबन्दी गरिएको छभने बङ्गुरको ओसारपसारसमेतमा रोक लगाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्