२२ जेठ २०८३, शुक्रबार

एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

जेठ ५, २०८२
काठमाडौं
एनसेल बन्यो अपाङ्गता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

एनसेलले जीएसएमएले जारी गरेको अपाङ्गता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने सिद्धान्तहरूमा हस्ताक्षर गरेको छ । जीएसएमए विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरूको छाता संगठन हो । यी सिद्धान्तहरूमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो ।

जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवद्र्धन गर्न र मोबाइल सेवामा अपाङ्गता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकहरूलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ । अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरेको छ । 

जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाहरूको पहुँच र यसका अवसरहरूबाट पाइने लाभ समान रूपमा सुनिश्चित गराउन पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ । 

यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासहरूलाई थप बलियो बनाउने कम्पनीको दाबी छ । यस्ता कार्यहरुमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सधैं अन योजनाअन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्रहरू, पूर्ण रूपमा अपाङ्गता मैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीहरूलाई सशक्त बनाउने सहकार्य लगायतका पहलहरू समावेश रहेका छन् ।

null

मोबाइल सेवा प्रदायकको रूपमा, एनसेलले समावेशीकरण, दिगोपन, र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यहरुमा केन्द्रित रहँदै आएको छ । अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवद्र्धन गर्ने, र समुदायहरूसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने जस्ता कार्यहरु गर्दै जाने छ ।

एक हस्ताक्षरकर्ता रूपमा, एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधाहरू डिजाइन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

null

'हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौं, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौं । जीएसएमएसँग अपाङ्गता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवद्र्धन गर्ने यी सिद्धान्तहरूमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्वपूर्ण कदम अगाडि बढिइरहेका छौं। हातेमालो गर्दै, हामीले डिजिटल दुनियामा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौं,' एनसेलको एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

यस सहकार्यसँगै, एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीहरूमाझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ । जसले अपाङ्गता भएका व्यक्तिहरूलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरुको सशक्तिकरणमा मद्दत प्रदान गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्