०१ साउन २०८३, शुक्रबार

अखिल नेपाल महिला सङ्घको अध्यक्षमा सिग्देल

जेठ ५, २०८२
काठमाडौं
अखिल नेपाल महिला सङ्घको अध्यक्षमा सिग्देल

 अखिल नेपाल महिला सङ्घ (समाजवादी)को सातौँ राष्ट्रिय सम्मेलनबाट मुनु सिग्देल अध्यक्ष निर्वाचित भएकी छन् । 

सङ्घको महासचिवमा राजेन्द्र लक्ष्मी गैरे सर्वसम्मत निर्वाचित भएकी छन् अन्य पदाधिकारी तथा सदस्यहरुका लागि निर्वाचनको प्रक्रियामा रहेको जनाइएको छ ।

सम्मेलनमा सङ्गठन मातहतका प्रदेश, जिल्ला सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार आन्तरिक विवाद समाधान साथै राजनीतिक, साङ्गठनिक, आर्थिक तथा अन्य समसामयिक प्रस्ताव पारित गरिएको छ । 

‘समाजवाद निर्माणको आधार तय गरौँ, सम्पूर्ण क्षेत्रमा समानुपातिक महिला सहभागिता सुनिश्चित गरौँ’ भन्ने नारा तय गरिएको सम्मेलनले केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वयनका विषयमा रणनीति पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्