२८ जेठ २०८३, बिहीबार
सरकारी निर्देशनको अवज्ञा

घिसिङ डाँडामा नियमविपरीत प्लटिङ: एकै पटक दर्जन बढी डोजर चलाइए, वन र बस्ती सखाप [तस्वीरहरू]

जेठ ५, २०८२
काठमाडौं
घिसिङ डाँडामा नियमविपरीत प्लटिङ: एकै पटक दर्जन बढी डोजर चलाइए, वन र बस्ती सखाप [तस्वीरहरू]

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ रातोमाटेस्थित घिसिङ डाँडामा धमाधम प्लटिङ भइरहेको छ । कुलो, सार्वजनिक बाटो, बस्ती, सार्वजनिक जग्गा र वन क्षेत्रसमेत मासिनेगरी नियमविपरीत जग्गा प्लटिङको काम भइरहेको हो । 

प्लटिङले सामुदायिक वन क्षेत्रमा खानेपानीको मुहानसमेत सुकेपछि स्थानीयहरू चिन्तित बनेका छन् । 

null

एक महिनादेखि दुई दर्जन बढी डोजर चलाएर प्लटिङको काम भइरहँदा स्थानीय सरकारदेखि, डिभिजन वन कार्यालय र जिल्लाका सबै सरोकारवाला निकाय बेखबर देखिएको स्थानीयले आरोप लगाएका छन् । 

घिसिङ डाँडाको करिब ५ सय ३५ रोपनी भीर डोजरले कटान गरी उजाड बनाइसकेको छ । 

निक भुजिकिक हाउजिङ प्रालिले जग्गा खण्डीकरण गरी आवास निर्माणका लागि भन्दै सो क्षेत्रमा डोजर चलाएको हो ।

null
 
स्थानीयको गुनासोपछि २ हप्ताअगाडि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुर, सशस्त्र प्रहरी, नापी कार्यालय, उपत्यका विकास प्राधिकरण भक्तपुर शाखा, डिभिजन वन कार्यालय, सूर्यविनायक नगरपालिका र वडाध्यक्ष सहितले सो क्षेत्रको स्थलगत अनुगमन गरी तत्काल काम रोक्न निर्देशन दिएका थिए । तर, हाउजिङ कम्पनीले निर्देशनको पालना गरेको स्थानीयको भनाइ छ । 

null

प्लटिङले १२ रोपनी सार्वजनिक जग्गा र १९ रोपनी वन क्षेत्र मिचिएको सूर्यविनायक नगरपालिका-९ का अध्यक्ष भगवान खत्रीले बताए ।

अब थप काम अगाडि बढाउन नदिने सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताए । 'नगरपालिकामा जग्गा सम्याउने भनेर कम्पनीको तर्फबाट निवेदन आएको थियो । नगरपालिकाले अनुमति दिइसकेको छैन,' उनले भने 'साइड क्लियरेन्सको नाममा स्वीकृत नै नलिई धेरै काम भइसके छ । यहाँको बस्ती नै हटेछ, हामी पनि छक्क परेका छौँ ।' 

null
 
काठमाडौं उपत्यका विकास प्राधिकरण भक्तपुर शाखाका प्रमुख सफल श्रेष्ठले ५० रोपनीभन्दा माथिको जग्गा प्लानिङका लागि प्राधिकरणको केन्द्रीय कार्यालयसँग अनुमति लिनुपर्ने भएकाले यसबारे जिल्ला कार्यालयलाई कुनै जानकारी नभएको बताए । 

null

null

null

null

null

null

null

null

null

तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

salt training

कमेन्ट गर्नुहोस्