२८ जेठ २०८३, बिहीबार

वाम सरकारले सम्बृद्धि ल्याउँन नसके राजनिति नै छोड्ने मानन्धरको दाबी

मंसिर १७, २०७४
वाम सरकारले सम्बृद्धि ल्याउँन नसके राजनिति नै छोड्ने मानन्धरको दाबी

काठमाडौं, १७ मंसिर- सम्यूक्त वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ७ का प्रतिनिधि सभाका उमेद्वार एमाले नेता रामविर मानन्धरले वाम सरकारले मात्रै देशको सम्बृद्धि र विकास गर्नसक्ने बताएका छन् । कम्यूनिष्ट एकता आजको ऐतिहाँसिक आवस्यकता रहेको भन्दै उनले निर्वाचन पछि बहुमतको वाम सरकार बन्ने र त्यो सरकारले नै देशको सम्बृद्धिको बाटो खोल्ने बताएका हुन् ।


देशको स्थिर र तिव्र विकासको लागि वाम सरकारको विकल्प नरहेको भन्दै उनले वाम सरकारले गर्न नसकेको विकास अरु कसैले गर्न नसक्ने र वाम सरकारले पनि अवको पाँच बर्ष भित्र सम्बृद्ध नेपालको निर्माण गर्न नसके आफूले सदाका लागि राजनिति नै छोडिदिने समेत घोषणा गरेका छन् । निर्वाचनको मिति नजिकीदै गर्दा घरदैलो र विभिन्न मतदाता भेटघाटको कार्यक्रमलाई तिव्रता दिएका उनले घरदैलोको क्रममा मतदाताहरुलाई तिव्र विकास र सम्बृद्धिका लागि ढुक्क भएर वाम गठबन्धनका उमेद्वारहरुलाई मतदान गर्न आग्रह गरिरहेका छन् ।


भष्ट्राचार गर्नुपरे राजनितिबाटै सन्यास लिने घोषणा गरिसकेका मानन्धरको वाम सरकारले सम्बृद्धि ल्याउन नसके सदाका लागि राजनिति छोडिदिने घोषणाले क्षेत्र नम्बर ७ मा नयाँ तरङग सृजना गरेको छ । राप्रपाका विक्रम थापासंग प्रतिशपर्धामा रहेका उनले यस अघि सांसद हुँदा गरेका सम्पूर्ण कामको विवरण समेत स्वेत पत्र मार्फत प्रकाशित गरेर जनताको घरघरमा पुर्याएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्