
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँमा सुक्खा पहिरोपछि जोखिमा रहेका १८ घरपरिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।
तिलगाउँको उत्तरपट्टिबाट सुक्खा पहिरो गएको र स्थानीयको घरमा क्षति पुर्याएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
आवश्यक विपद् उद्धार सामग्री तथा बन्दोवस्तीका सामानसहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साको सुरक्षा फौज उक्त स्थानमा परिचालित भएको छ ।
आशंका गरिएको स्थानमा हिमताल रहेको वा नरहेको भन्नेबारे अवलोकन भइरहेको छ । पहिरोबाट मानवीय तथा पशु चौपायामा क्षति नपुगेको सहप्रवक्ता थापाले जानकारी दिए ।