
नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रमेश चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेख्ने सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालले विष्टलाई एक लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् ।
विष्टविरुद्ध प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले लिखत किर्ते कसुरमा अनुसन्धान गरेर अदालतमा अभियोग पत्र दायर गरेको थियो ।
नाउपा संरक्षक चौधरी गिरफ्तार भई केही समय डिल्लीबजार कारागारमा बसेका थिए ।
लगत्तै सर्वोच्चको अर्को पत्रले उनी जेलबाट रिहा भएका थिए ।