१९ असार २०८३, शुक्रबार

बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्नेबाहेकको खण्डमा एकतर्फी कालोपत्र​​ सम्पन्न

जेठ ५, २०८२
बुटवल
बुटवल–नारायणगढ सडकअन्तर्गत दाउन्नेबाहेकको खण्डमा एकतर्फी कालोपत्र​​ सम्पन्न

बुटवल–नारायणघाट सडक खण्डअन्तर्गत दाउन्ने खण्ड बाहेक सडकमा एकतर्फी कालोपत्र सकिएको छ ।

पूर्व-पश्चिम राजमार्गको मध्ये भाग पर्ने ११४ किलोमिटर सडकमध्ये अब यात्रुले ९३.९४ किलोमिटर क्षेत्रमा पक्की सडकमा यात्रा गर्न सक्नेछन् । जसमध्ये ३.०७ किलोमिटर सडक पुलले ओगटेको छ ।

९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र सम्पन्न भएको छ । पुल र कालोपत्र गरी ९३.९४ किलोमिटर पक्की सडकमा यात्रा गर्न सम्भव भएको बुटवल नारायणगढ सडक निर्माण आयोजनाले जनाएको छ ।  

आयोजनाका अनुसार यो खण्डको अब ८३ प्रतिशत सडकमा कालोपत्र यात्रा गर्न सकिने भएको छ । बाँकी खण्ड दाउन्ने क्षेत्रको हो । सबैभन्दा धेरै दाउन्ने खण्डमा यात्रुले समस्या भोगेका छन् ।

दाउन्नेमा अहिले कल्भर्ट निर्माणको काम अन्तिम चरणमा रहेको आयोजनाले जनाएको छ ।

कतिपय स्थानमा ढलान सडक निर्माणको काम समेत समानान्तर अगाडि बढेको आयोजनाको भनाइ छ । अहिले यो सडकको भौतिक प्रगति ६६.५० प्रतिशत छ ।

salt training

कमेन्ट गर्नुहोस्