२६ असार २०८३, शुक्रबार

पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

जेठ ५, २०८२
काठमाडौं
पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो

म्याग्दीको रघुगंगा गाउँपालिका–३ स्थित कालीगण्डकीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटिएको छ । सोमबार सशस्त्र प्रहरी बलको गोताखोर टिमले बालकको शव फेला पारेको हो ।

सोही ठाउँ बस्ने १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा यही जेठ ३ गते नदीमा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले उनको शव सोमबार दिउँसो साढे १२ बजे करिब १५ फिट गरिहाइबाट निकालेको हो ।

उनको खोजी कार्यका लागि नं. २४ कालिका गणबाट सोमबार बिहान ४ जना गोताखोर र ५ जना विपद् व्यवस्थापन तालिमप्राप्तसहित १९ जनाको टोली परिचालन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्