०७ असार २०८३, आइतबार

'तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ'

मंसिर १८, २०७४
'तुच्छ गाली नगरौं, भोलि पनि मिलेरै जानुपर्ने छ'

काठमाडौं, १८ मंसिर-  प्रधानमन्त्री शेरबहादुर देउवाले  दलहरुले  एकअर्कामा तुच्छ गाली गर्न नहुने बताएका छन्  । 'हामी जुन लोकतन्त्रमा छौं, त्यसमा भोलिका दिनमा पनि मिलेरै जानुपर्ने हुन्छ । तुच्छ गाली गलौज नगरौं । स्वस्थ प्रतिस्पर्धा गरौं,' अन्नपूर्णसँगको  एक अन्तर्वार्तामा उनले भनेका छन्, 'निर्वाचन सम्पन्न भएपछि लोकतान्त्रिक नेपालमा संक्रमणकालको सफलतापूर्वक व्यवस्थापन हुँदै छ । नेपाली कांग्रेस मौसमी झार होइन, सती सालको रूख हो । हामी धेरै बोल्दैनौं तर बोलेका कुरा पूरा गर्छौं । अब विकासको युग थालनी गर्नेछौं ।'

उनले वाम गठबन्धन किन बन्यो भन्ने भित्री उद्देश्य अझै प्रस्ट नभइसकेको बताउँदै भने  कम्युनिस्ट कम्युनिस्ट किन अचानक एक ?  हिजो किन भएनन् ?  एकाएक किन भए ? भित्री डिजाइन के छ ? केही समयपछि स्थिति स्पष्ट होला । 

salt training

कमेन्ट गर्नुहोस्