
काठमाडौं, १८ मंसिर - काठमाडौंको चपलीमा बम आक्रमणमा परेका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू मुस्किलले जोगिएको बताएका छन् । आफूलाई मार्नका लागि फिट गरिएको बममा साथीहरु परेको उनले बताए ।
शिक्षण अस्पतालमा उपचार गराइरहेका थापाले जुलुसलाई अघि बढाउन आफू अघि हिडेकोले गर्दा आफूलाई बमले नलागेको उनले बताए । उक्त टाइम बमले साथीहरु घम्भीर घाइते भएको उनले बताए ।
अहिले उनी सहित घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अहिले शिक्षण अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको छ । शिक्षण अस्पतालमा नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको भिड समेत लागेको छ ।
शिक्षण अस्पतालमा रहेका कांग्रेस कार्यकर्ताहरुले आफूहरु र आफ्ना नेतालाई मार्नको लागि सुनियोजित रुपमा आक्रमण गरिएको बताए । उनीहरुले दोषीमाथि तुरन्त कारबाही गर्न समेत माग गरेका छन् ।






