०४ साउन २०८३, सोमबार

अस्पताल पुगेका एमाले उम्मेदवार राजनले गगनलाई भेट्न पाएनन्

मंसिर १८, २०७४
अस्पताल पुगेका एमाले उम्मेदवार राजनले गगनलाई भेट्न पाएनन्

वाम विस्फोटमा परि घाइते भएका काठमाडौं क्षेत्र नम्बर चारका उम्मेदवार गगन थापालाई भेट्न सोही क्षेत्रका एमाले उम्मेदवार राजन भट्टराई शिक्षण अस्पताल पुगेका छन् । 

अस्पताल पुगेपनि उनले गगनलाई भने भेट्न पाएनन् । थापाको कानमा र ढाडमा चोट लागेको छ । 

अत्याधिक भीडका कारण उनले गगनलाई भट्न पाएनन् । इमर्जेन्सिमा जान खोजेका उनलाई कांग्रेसका समर्थकले रोकेका थिए । भट्टराई आफू र आफ्ना सहयोगीमाथि दव्र्यवहार भएको बताए । 

गगन थापालाई लक्षित गर्दै बुढानिलकण्ड नगरपालिका २ स्थित चपलीमा घरदैलोमा रहेको बेला विस्फोट भएको हो । विस्फोटमा गगनसहित ११ जना घाइते भएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्