२३ असार २०८३, मंगलबार

काठमाडौमा बम आतंक– सभामुख निवास नजिकै बम

मंसिर १८, २०७४
काठमाडौमा बम आतंक– सभामुख निवास नजिकै बम

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचन आउँन तीन दिन मात्र बाँकी रहँदा राजधानीमा बम आतंक बढेको छ । 

राजधानीको भीआइपी क्षेत्र बम फेला परेको छ भने उम्मेदवार लक्षित बम विस्फोटसमेत भएको छ  । 

सोमबार बालुवाटार क्षेत्रमै बम फेला परेको छ । विहान सभामुखको सरकारी निवास अगाडि बम फेला परेको थियो जसलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । 

आजै घरदैलोका क्रममा रहेका काठमाडौं क्षेत्र नम्बर चारका उम्मेदवार गगन थापालाई लक्षित गरि बम विस्फोट भएको छ । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

उनीहरुको टिचिङ अस्पतालमा उपचार भइरहेको छ । थापा भने उपचारपछि घर फर्किएका छन् । 

आजै प्रधानमन्त्री शेरबहादुर देउवा बसेको धनगढीको होटल नजिकपनि बम फेला परेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्