
काठमाडौं, १८ मंसिर — सामाजिक सञ्जालमा अहिले #womanspreading ह्याशट्याग ट्रेन्डिङ भइरहेको छ । महिलाले गोडा फैलाएर बस्नुहुँदैन भन्ने पुरातनवादी सोचका विरुद्ध यो ह्याशट्याग चलाइएको हो ।
पुरातनपन्थीहरूले गोडा फैलाएर बस्नु अभद्रताको प्रतीक हो र महिलाहरू जहिले पनि भद्र हुनुपर्छ भन्ने गरेका छन् ।
संसारभरिका महिलाले गोडा फट्याएर बसेको फोटो अपलाृड गरिरहेका छन् । 
यो अभियानको शुरुवात म्यानस्प्रेडिङविरुद्ध आवाज उठाउने क्रममा भएको हो । म्यानस्प्रेडिङ भन्नाले पुरुष आफ्नो मर्जीले जसरी मन लाग्यो त्यसरी बस्न सक्छन् ।
यसअघि महिलाका लागि #metoo क्याम्पेन पनि खुबै हिट भएको थियो । त्यसमा यौन शोषणविरुद्ध अभिव्यक्तिको अवसर दिइएको थियो ।
एजेन्सी