२२ जेठ २०८३, शुक्रबार

गोडा फैलाएर महिलाहरू खिचिरहेछन् तस्वीर, सामाजिक सञ्जालमा भाइरल

मंसिर १८, २०७४
गोडा फैलाएर महिलाहरू खिचिरहेछन् तस्वीर, सामाजिक सञ्जालमा भाइरल

काठमाडौं, १८ मंसिर — सामाजिक सञ्जालमा अहिले #womanspreading ह्याशट्याग ट्रेन्डिङ भइरहेको छ । महिलाले गोडा फैलाएर बस्नुहुँदैन भन्ने पुरातनवादी सोचका विरुद्ध यो ह्याशट्याग चलाइएको हो । 

पुरातनपन्थीहरूले गोडा फैलाएर बस्नु अभद्रताको प्रतीक हो र महिलाहरू जहिले पनि भद्र हुनुपर्छ भन्ने गरेका छन् । 

संसारभरिका महिलाले गोडा फट्याएर बसेको फोटो अपलाृड गरिरहेका छन् । 

यो अभियानको शुरुवात म्यानस्प्रेडिङविरुद्ध आवाज उठाउने क्रममा भएको हो । म्यानस्प्रेडिङ भन्नाले पुरुष आफ्नो मर्जीले जसरी मन लाग्यो त्यसरी बस्न सक्छन् । 

यसअघि महिलाका लागि #metoo क्याम्पेन पनि खुबै हिट भएको थियो । त्यसमा यौन शोषणविरुद्ध अभिव्यक्तिको अवसर दिइएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्