०८ साउन २०८३, शुक्रबार

युवा संघको महाधिवेशनमा भेटियो हस्तलिखित ‘नक्कली कार्ड’

जेठ १३, २०८२
काठमाडौं
युवा संघको महाधिवेशनमा भेटियो हस्तलिखित ‘नक्कली कार्ड’

पोखरामा जारी राष्ट्रिय युवा संघको महाधिवेशनमा हस्तलिखित ‘नक्कली कार्ड’ भेटिएको छ ।

अध्यक्षका उम्मेदवार सुमन पुरीले सामाजिक सञ्जालमा नक्कली र सक्कली दुवै कार्डसहितको तस्वीर सार्वजनिक गर्दै आपत्ति जनाएका छन् । 

'स्वस्थ प्रतिस्पर्धा यही हो त? एक जना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ। कार्डमा फोटो टाँसिन्छ। त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ। पछि प्रतिनिधि व्यवस्थापनले फेरि अर्को कार्ड बनाएर पठाउँछ। यो के हो ?,' फर्जी प्रतिनिधिबारे सामाजिक सञ्जालमा पुरीले लेखेका छन् ।

मंगलबार बिहानदेखि सभागृहमा जारी मतदानका क्रममा ‘नक्कली कार्ड’ भेटिएपछि केही बेरका लागि मतदानसमेत रोकिएको थियो ।

रौतहटका प्रतिनिधि शेखजैद आलमको कार्डमा अर्कै व्यक्तिको फोटो टाँसिएको देखिन्छ ।

उनले सामाजिक सञ्जालमा उक्त कार्ड राखेपछि केही बेर अवरुद्ध भएको मतदान डिजिटल कार्ड भएका प्रतिनिधिलाई मात्र भोट हाल्न दिइएको छ ।

हस्तलिखित कार्डको हकमा भने छलफलपछि निर्णय हुने जनाइएको छ । अहिले विना अवरोध मतदान भइरहेको छ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि अध्यक्षमा क्षितिज थेवे र सुमन पुरीले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका हुन् ।

 

salt training

कमेन्ट गर्नुहोस्