
जेठ १५ गते राजावादीले गर्न लागेको प्रदर्शन केन्द्रित सुरक्षा व्यवस्थाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ ।
गृहमन्त्री रमेश लेखकले आह्वान गरेको केन्द्रीय सुरक्षा समितिको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।
बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग प्रमुखलाई बोलाइएको हो ।
गृह मन्त्रालयमा मन्त्री रमेश लेखकको अध्यक्षतामा मंगलबार साँझ बसेको बैठकमा आगामी जेठ १५ गते हुने राजावादीको प्रदर्शनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भइरहेको गृह मन्त्रालय स्रोतले जानकारी दियो।