१२ साउन २०८३, मंगलबार

प्रत्यक्षदर्शीको भनाइ – चार पाइला छिटो नहिँडेको भए गगनले टेकेको ठाउँमा बम पड्कन्थ्यो (भिडियोसहित)

बम पड्कँदा दुईचारजना बाँकी रहेनौं भन्ने लाग्यो
मंसिर १८, २०७४
प्रत्यक्षदर्शीको भनाइ – चार पाइला छिटो नहिँडेको भए गगनले टेकेको ठाउँमा बम पड्कन्थ्यो (भिडियोसहित)

काठमाडौं, १८ मंसिर– चुनावी प्रचार प्रसारको अन्तिम दिन काठमाडौं क्षेत्र नम्बर चारका प्रतिनिधिसभाका उम्मेदवार गगन थापा आफ्ना सहयोगीको साथमा चुनावी घरदैलोमा थिए । 

समर्थकहरुका साथमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा घरदैलो अभियानको क्रममा गगन विहान १२ बजे चपलीमा पुगेका थिए । १२ बजेसम्ममा घरदैलो अभियान सक्ने योजना अनुरुप छिटो छिटो हिड्दै थिए गगन । 
‘चपलीमा पुगेपछि गगन थापा अबको एक घण्टामा घरदैलो सिध्याउनु पर्छ है मसँगै छिटो हिड्नुस् है भन्दै छिटो छिटो हिड्दै हुनुहुन्थ्यो ।‘ वम विस्फोट हुँदा गगनसँग रहेका काठमाडौं क्षेत्र नम्बर तीनका समानुपातिक उम्मेदवार भूक्ष्य नारायण श्रेष्ठले लोकान्तरसँग भने । 

‘हामी हिड्दै थियौ । एक्कासी ठूलो आवाज आयो । गगन र हामी भएको ठाउँमा धुँवा उड्यो, त्यो आवाज र ठाउँको अवस्था हेर्दा दुई चार जना बाँकि रहेनौं भन्ने लाग्यो । हामी सबै आत्तियौ ।’ चार पाइला छिटो नहिडेको भए गगन थापाले टेकेको ठाउँमा बम हुने रैछ ।’

बम विस्फोट पछि गगन र उनका सहगोगीहरुलाई शिक्षण अस्पताल ल्याइयो ।

सुनियोजित रुपमा गगन थापालाई लक्षित गरी रिमोट बम प्रहार गरेको बम विस्फोटका प्रत्यक्षदर्शी श्रेष्ठले दाबी गरे । 

उनले भने,‘हाम्रो कार्यक्रम ११ बजेबाट भनेर हामीले माइक गरेका थियौं । गगन आउँन एक घण्टा ढिला भयो गगनजी १२ बजे आइपुग्नु भयो । यो सुनुयोजित रुपमा गगनलाई नै लक्षित गरेर रिमोट बम हानिएको हो ।’

गगनले काठमाडौं क्षेत्र नम्बर चारमा जित्ने डरले कायरतापूर्ण तरिकाले बम प्रहार गरिएको बम विस्फोट भएको स्थलमै रहेका कांग्रेस कार्यकर्ता भोलानाथ रिजालले बताए । ‘ गगन जी र म करिव ५० पाइलाको फरकमा थियौ । एक्कासी बम पड्कियो । रिजालले भने,‘ हामीलाई फलो गरेर । गगन थापालई सिध्याउने उदेश्यले उहाँमाथि आक्रमण गरीएको हो ।’

बम विस्फोटमा परेका गगन थापाको कान र ढाडमा चोट लागेको छ । उनीसंगै चुनावी प्रचारमा रहेका उनका ११ जना सहयोगीहरु घाइते भएका थिए । 

गगनलाई अस्पताल पुर्‍याएसंगै  नेपाली कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुको भीडले शिक्षण अस्पताल परिसर केही समय अस्तव्यस्त बन्यो ।

आफ्नो उपचार पछि गगनले आफूँसंगै बम आक्रमणमा परेका सहयोगीहरुलाई भेट्न शिक्षण अस्पतालको आकस्मिक कक्षतर्फ लागे । उपचार पछि बाहिर निस्कदा गगनको कानमा पट्टि बाधिएको थियो । रातो रातो अनुहारमा

मलिन देखिएका गगनलाई हेर्ने उनका सुभेच्छुकको निकै ठूलो भीड थियो । भीडलाई नियन्त्रण गर्दै सुरक्षाकर्मीको घेरामा रहेर गगनले घाइते भएका कार्यकर्तालाई भेटेर घर फर्किए ।

उनी उपचार पछि घर फर्किएका छन् भने अन्य १० घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । ती मध्ये चार जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्