२० असार २०८३, शनिबार

चीनको रासायनिक प्लान्टमा ठूलो विस्फोट, कम्तिमा पाँच जनाको मृत्यु

जेठ १४, २०८२
काठमाडौं
चीनको रासायनिक प्लान्टमा ठूलो विस्फोट, कम्तिमा पाँच जनाको मृत्यु

चीनको पूर्वी शानडोङ प्रान्तमा रहेको एक रासायनिक प्लान्टमा भएको ठूलो विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा १९ जना घाइते भएको बीबीसीले जनाएको छ ।

मंगलबार राति भएको दुर्घटनामा ६ जना बेपत्ता भएका छन् । सामाजिक सञ्जालमा भाइरल फुटेजमा घटनास्थलबाट कालो धुवाँ निस्किरहेको देखिन्छ।

स्थानीय प्रशासनका अनुसार शानडोङ युदाओ रासायनिक कारखानामा राहत र उद्धारका लागि २०० भन्दा बढी आपतकालीन उद्धारकर्मीहरू खटाइएको थियो।

कम्पनीको वेबसाइटका अनुसार यहाँ कीटनाशक र औषधि उत्पादन गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्