
लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलस्थित भरत थापाको घरमा आगलागी हुँदा जलेर भाडामा बसेकी एकल महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।
आज बिहान करिब ३:३० बजे आगलागी भएपछि प्रहरी र स्थानीयले उनी बसेको कोठाको ढोका फोरेर उद्धार गरेका थिए ।
जलेर गम्भीर घाइते भएकी उनको बेँसीसहरस्थित प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।