१२ असार २०८३, शुक्रबार

यूके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

जेठ १४, २०८२
काठमाडौं
यूके र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी यूके र क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ बस्ने कञ्चनपुर पुनर्वास नगरपालिका-२ घर भएका ३६ वर्षीय एलिया तामाङ र काठमाडौं महानगरपालिका-१६ बस्ने दोलखा बैतेश्वर गाउँपालिका-६ घर भएका ४० वर्षीय कृष्ण कुमार घिमिरे रहेका छन् ।​

एलियाले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ र कृष्णले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले एलियालाई काठमाडौं महानगरपालिका-१ बाट र कृष्णलाई काठमाडौं महानगरपालिका-२६ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्