२८ असार २०८३, आइतबार
प्रतिनिधिसभा बैठक

भिजिट भिसा प्रकरण : दोस्रो दिनको बैठकमा पनि विपक्षी दलको अवरोध

जेठ १४, २०८२
काठमाडौं
भिजिट भिसा प्रकरण : दोस्रो दिनको बैठकमा पनि विपक्षी दलको अवरोध

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा र नेकपा एकीकृत समाजवादीलगायतका दलले बुधबारको बैठक पनि अवरुद्ध गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका हुन् । 

बैठकमा सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकले बोल्नका लागि समय माग गरेको बताए । तर, गृहमन्त्रीलाई बोल्न दिन विपक्षी दल तयार भएनन् । 

मंगलबारको बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको थियो ।

विपक्षीको विरोध पछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्