२७ असार २०८३, शनिबार

देउवासँगै हुँदा ओलीले गरे प्रचण्डसँग टेलिफोन संवाद

जेठ १४, २०८२
काठमाडौं
देउवासँगै हुँदा ओलीले गरे प्रचण्डसँग टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग टेलिफोन संवाद गरेका छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि बुधबार बालुवाटारबाट देउवाकै अघि ओलीले प्रचण्डसँग टेलिफोन संवाद गर्दै संसद्को गतिरोध खोलेर सहयोग गर्न आग्रह गरेका हुन् । 

‘संसद्‌मा बजेट अधिवेशन चलिरहेको छ । यसैले अवरोध नगर्नेगरी सहयोग गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘देउवासँगै हुँदा उहाँले संसद्को गतिरोध लम्ब्याउन नहुने भन्दै खुलाउने वातावरण बनाउन भन्नुभएको हो ।’ 

माओवादी संसद् बैठक खुलाएर सहजीकरण गर्ने मनस्थितिमा देखिएको छैन । भोलि बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउने दिन हो । 

तर, विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने भन्दै लगातार दुई दिन संसद् अवरोध गरेका छन् । यस प्रकरणमा बोल्नैका लागि गृहमन्त्रीले समय मागे पनि विपक्षीले अवरोध गरेका हुन् । 

मंगलबार र बुधबार दुवै दिन माओवादी, रास्वपासहितका दलले बैठकमा अवरोध गरेका हुन् । उनीहरूले गृहमन्त्रीको लेखकको राजीनामा आउनुपर्ने माग गरेका छन् । तर, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले कुनै हालतमा राजीनामा नदिने कांग्रेस-एमालेको अडान छ ।

salt training

कमेन्ट गर्नुहोस्